संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ ।

यस सुखद अवसरमा नेपाली राजदूतावासको अनुरोधमा युएइ सरकारले गत वर्षझैँ यस वर्ष पनि भोलि शनिवार (Saturday, 19 September 2020,) साँझ ८ बजे दुबइस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा (Burj Khalifa)
र अबुधाबीस्थित ADNOC Building मा नेपालको राष्ट्रिय झन्डा झलमलाउने (illumination) कार्यक्रम रहेको समेत जानकारी गराएको छ ।


Your Views
Related News