नेपालको यस्तो पाठ्यक्रमले भारतमा हल्ली खल्ली

कालापानी, लिपुलेक, लि.म्पियाधुरासहितको देशको भूभाग र सी´मासम्बन्धी विषय नेपाल सरकारले विद्यालय तहको पाठ्यक्र´ममा समेटेपछि भारतमा ह´ल्लीखल्ली म´च्चिएको छ।त्यहाँका अ´खबारले यस विषयलाई पहिलो पृष्ठमा प्रमुख खबर बनाएर प्रकाशन गरेका हुन्।

नयाँ राजनीतिक नक्सा जारी गरेको ३ महिनापछि नेपालको किताबमा ‘अब उ´त्तराखण्डको पि´थौरागढलाई नेपालले आफ्नो भूभाग भनेको’ छ भनेर टाइम्स अफ इन्डियाले प्रमुख खबर छा´पेको छ।

खबरमा ‘नेपाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यालयले यो कुराको पुष्टि गरेको’ उल्लेख छ। साथै यो किताबको प्रस्तावना शिक्षामन्त्री पोखरेल आफैंले लेखेको पनि भनिएको छ।

युवा पुस्तालाई राष्ट्रको सीमा तथा भूमिबारे सही जानकारी दिन भनेर पाठ्यक्र´म विकास केन्द्रले ‘नेपालको भूभाग र सी´मासम्बन्धी स्वाध्याय सामाग्री’ तयार पारेको हो।

कक्षा ९ देखि १२ सम्म अध्ययन गराइने यो किताबमा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे तथ्य प्र´माणसहित पा´ठ्यवस्तु समावेश गरिएको छ।मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले अनलाइन पत्रकार सम्मेलन गरी पुस्तक सार्वजनिक गरेका हुन्।


Your Views
Related News