सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता, दुई छोरी र नातिनी सहित दुबई पुगेका छन् । पारिवारिक भ्रमणका लागि दुवई पुगेका प्रचण्ड संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् ।

मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुबई उडेका प्रचण्ड दुबईको पाम जुमेरास्थित एट्लान्टिस होटेलमा बस्ने भएका हुन् । दुवईमा प्रचण्डलाई त्यहाँका नेकपाका कार्यकर्ताहरूले भब्य स्वागत गरेका थिए ।

प्रचण्डले दुबईस्थित नेपाली कम्युनिटी र नेपाली बिजनेस काउन्सिलका सदस्यहरूसँग भेट गर्ने कार्यक्रम छ । सिताको इच्छा अनुसार उनी पारिवारिक सहित दुवई गएका हुन् । सिताले लामो समय देखि दुवई भ्रमणको इच्छा गरेका कारण प्रचण्डले अहिले समय निकालेका हुन् ।


Your Views
Related News