डा. केसीको उपचारलाई आठ सदस्यीय चि.कित्सक टोली

काठमाडौँ, असोज: अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उ´पचारका लागि सरकारले आठ सदस्यीय चि´कित्सक टोली ग´ठन गरेको छ ।
उनको राष्ट्रिय ट्र´मा से´न्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजक´त्वमा आठ सदस्यीय टोली ग´ठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.सन्तोष पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा. केसीको स्वास्थ्य उ´पचार गर्नका लागि आज टोली ग´ठन गरेको हो । टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभ´क्त उप्रेती, डा. अनिल बराल, डा. जितेन्द्रकाजी श्रेष्ठ, डा. सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल राखेका छन् ।

उपचारका लागि डा. केसी वीर अस्पतालमा आएपनि को.भिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उहाँको उपचारका लागि ल्याइएको छ । उनको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा.पौडेलले जानकारी दिए ।


Your Views
Related News