दार्चुला पुगेर गृहमन्त्री थापाले भने : सीमाको सुरक्षाको लागि सबै एक हुनुपर्छ

दार्चुला, असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सु´रक्षा सु´रक्षाकर्मीबाट भन्दा स्थानीय वा´सिन्दाबाट प्र´भावकारी रुपमा गर्न सकिने बताएका छन् । ख´लङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको र´क्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सु´रक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा ब´लियो हुनसक्ने उनको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक नि´र्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए । “व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ”, उनले भने, “कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाइन्छ ।”

गृहमन्त्री थापासँग व्यासको छा´ङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सु´रक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली से´नाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए


Your Views
Related News