वाइडबडी र बास्कोटाको ७० करोड का´ण्डबारे अ´ख्तियारसँग विवरण मागियो

काठमाडौं- वाइडबडी जहाज प्रकरण र बास्कोटाको ७० करोड बार्गेनिङवाला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे सार्वजनिक लेखा समितिले अ´ख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ ।

वाइडबडी विमान खरिद प्रकरणमा त´त्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, नि´गमका महाप्रबन्धक सु´गतरत्न कंसाकारमाथि समेत अनियमितताको आ´रोप लागेको छ ।

वाइडबडी वि´मान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्र´ष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी का´रबाही गर्न करिब दुई वर्ष अगाडि अ´ख्तियारलाई पत्राचार गरेको थियो ।

तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै लेखाले विवरण माग गरेको हो ।

लेखा समितिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड प्रकरण र वाइडवडीबारेको अनुसन्धानको प्रगति विवरण माग गर्दै अ´ख्तियारलाई पत्र पठाएको समितिका स´भापित भरतकुरमा साहले बताए।

लेखाले छानबिनका लागि सिफारिस गर्ने तर अ´ख्तियारले ढि´लासुस्ती गर्ने भन्दै आलोचना भएपछि त्यसको प्रगति विवरण माग गरिएको साहको भनाई छ।

‘हामीले अनियमितता औँल्याउँदै छानबिनको जि´म्मेवारी पाएको संवै´धानिक निकायमा फाइल पठाउँछौँ तर त्यसमा छानबिन अघि बढे नबढेकोबारे कुनै जानकारी हुँदैन, त्यसैले हामीले प्रगति विवरणको माग गरेका हौँ,’ सभापित साहले भने।

बिहीबारको समितिको बैठकमा कां´ग्रेस सांसद मिनेन्द्र रिजालले लेखा समितिले पठाएका सिफारिसबारेमा अ´ख्तियारबाट प्रगति विवरण मगाउन माग गरेका थिए।

‘अ´ख्तियारले मु´द्धा चल्ने भए चल्ने नभए नचल्ने जवाफ दिनुपर्छ,’ उनले बैठकमा भनेका थिए।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन डिल गरेको भनी अडियो सार्वजनिक भएको थियो। त्यसप्रकरणमा अ´ख्तियारले केही समयअघि घुस दिने कुराकानी गरेका विजयप्रसाद मिश्रलाई अ´ख्तियार उपस्थित हुनुका लागि सार्वजनिक सूचना जारी गरेको थियो।

अ´ख्तियारले लेखा समितिले का´रबाहीका लागि सिफारिस गरेको आयल निगम जग्गा खरिद प्रकरणमा पनि केही गर्न सकेको छैन। निवर्तमान प्रमुख आयुक्त नविन घिमिरेले स´त्ताको छायाँमा परेर अ´ख्तियारको काम प्र´भावकारी रुपमा अघि बढाउन नसकेको आलोचना खेप्दै बाहिरिएका छन्।

भदौको अन्तिम साता उनी अ´ख्तियारबाट उमेर हदका कारण बाहिरिएका थिए।


Your Views
Related News