काठमाडौं, १५ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिएका छन् ।

भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई उड्डयन मन्त्री नियुक्त गरेका थिए ।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए ।


Your Views
Related News