मन्त्रिमण्डल भागवण्डा मिलाउन ओली-प्रचण्डबीच नि´र्णायक वा´र्ता

काठमाडौं, १३ असोज । मन्त्रिमण्डल भागवण्डाको विषयलाई लिएर नेपाल कम्यु´निस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । आजको छलफल मन्त्रिमण्डलको संख्या र भागवण्डाबारे नि´र्णायक हुने बताइएको छ ।

पटक पटकको वा´र्ताबाट दुवै अध्यक्षबीच सहमति हुन नसकेपछि आज फेरि वा´र्ता चलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फु´टाएर २५ बनाउने र त्यसमा प्रचण्डलाई यसअघिको जत्तिकै ७ मन्त्रालय दिने प्रस्ता´व गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, प्रचण्डले कम्तिमा १० मन्त्रालयमा दा´बी गरेका छन् ।

वरिष्ठ ने´ताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षलाई पनि मिलाउनुपर्ने भन्दै ओलीले भागव´ण्डामा प्रचण्डलाई यसअघि पाएकोभन्दा नबढाउने प्र´स्ताव गरेका हुन् । पार्टीभित्रको सबै प´क्षलाई मिलाएर लान ओलीले भा´गवण्डा मिलाउन प्रचण्डसँग स´हमति गर्न खोजेका हुन् ।

यसैगरी, मन्त्रिमण्डलमा प्रचण्ड पक्षधरले वि´गतमा पाएको मन्त्रालय छा´ड्नुपर्ने अवस्था पनि आउनसक्ने बुझिएको छ । तर, प्रचण्डले यसअघि आफ्नो भागवण्डामा पाएको मन्त्रालय का´यमै हुनुपर्ने अ´डान राखेका छन् ।

मन्त्री बन्ने ना´महरुबारे पनि दुई अध्यक्षबीच हिजो छलफल भएको बुझिएको छ । आज पनि त्यसबारे छलफल हुने ए´जेन्डामा रहेको विश्वस्त स्रोतले बताएको छ ।


Your Views
Related News