तातोपानी ना.का असोज १९ देखि खुल्दै

सिन्धुपाल्चोक, १३ असोज: प´हिरोका कारण स´डक सम्पर्क टु´टेको तातोपानी ना´का यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मि´तेरी पुलमा बसेको बैठकमा ना´का असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

नेपालमा को´रोना सङ्क्र´मण ती´व्र रुपमा बढेसँगै र तातोपानी ना´कासम्म पुग्ने सडकमा प´हिरो गई सडक भ´त्किएपछि तातोपानीबाट हुने का´रोबार ठ´प्प भएको थियो । ना´का खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलो´ड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लो´ड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पि´सीआर प´रीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । चिनियाँ प´क्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले बताए । उनका अनुसार यसअघि जाँच गरिएका सबै २८ जनाको रि´पोर्ट ने´गेटिभ आएको छ । ना´कामा ख´टिने चालक र म´जदूरको पाँच­पाँच दिनमा को´रोना प´रीक्षण चीनले नै गर्नेछ ।

छलफलका क्र´ममा नेपालले चीनतर्फको कु´ती नजिकैको ताल फु´ट्न सक्ने भन्दै साइरन राख्न अ´नुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर नि´र्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए । ति´ब्ब्तको कु´ती नजिकैका ताल फु´ट्ने अवस्थामा रहेको र बा´ढीप´हिरोले सडक अबरु´द्ध भएको भन्दै एक महिनाभन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनिँया राजदूतावासले गत साता रसुवा र तातोपानी ना´का खुलाउने नि´र्णय गरेको थियो ।


Your Views
Related News