गणतन्त्रका भाग्यमानी युवराज

काठमाडौं, गणतन्त्र नेपालमा डा. युवराज खतिवडा सबैभन्दा भाग्यमानी ठहरिएका छन् । उनले एक महिनाको अन्तरालमा लगातार दुईवटा नियुक्ति पाए । अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दियो । त्यसको एक महिना नबित्दै उनको नाम राजदूतको सि´फारिशमा परेको छ । त्यो पनि अमेरिकाको ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाका लागि राजदूतमा नाम सि´फारिश गर्दा आश्चर्य मान्नुपर्ने थिएन । यसअघि नै उनी अमेरिकाका लागि राजदूत बन्ने च´र्चा चलेको थियो । अर्थमन्त्रीबाट रा´जीनामा दिएलगत्तै उनैले मन्त्री चलाउने र´णनीतिका साथ सल्लाहकार नियुक्त गरिएको थियो ।

खतिवडा राष्ट्रियसभा सदस्यमा म´नोनित नभएपछि रा´जीनामा गर्न वाध्य भएका थिए । साँढे दुई वर्ष अर्थमन्त्री बनेका उनी गैर रा´जनीतिक क्षेत्रबाट मन्त्री बनाइएका थोरै व्यक्तिहरुमध्ये थिए । त्यसमाथि पनि अर्थमन्त्री बनाइँदा धेरैलाई आश्चर्यचकित पारेको थियो । ने´कपाभित्र राजनीति गरेर चु´नाव ल´डेर जितेर आएका पूर्व अर्थमन्त्री तथा अर्थविद्हरुलाई उछिन्दै खतिवडा मन्त्री भएका थिए । जसका कारण उक्त द´लभित्र उनीसँग चि´ढिने धेरै थिए ।

ओलीको शा´सनकालमा उनी पटक पटक ला´भको पदमा रहन पाए । पछिल्लो पटक उनले रोजेकै अमेरिकाका लागि राजदूत बन्ने मौका पाए ।

खतिवडाले गणतन्त्र नआउँदा पनि पटक पटक लाभको पदमा मौका पाएका थिए । राजाको सक्रिय शा´सनकालमा योजना आयोगका सदस्य थिए । आयोगको उपाध्यक्ष हुनाका अलावा नेपाल राष्ट्र बैंकका ग´र्भनर समेत बने ।

अहिले उनी अमेरिकाका लागि राजदूत बन्नुमा अमेरिकी सहयोगसम्बन्धी मिलेनि´यम च्या´लेन्ज क´र्पोरेशन एमसीसी पारित गर्ने प्रयाससँग जोडेर हेरिएको छ । खतिवडाले ए´´मसीसी पा´रित गर्न निकै जोडबल गरेका थिए । तर, ने´कपाभित्र यो विषय वि´वादमा परेको थियो । अब उनी अमेरिकाका लागि राजदूत बन्नुले यो प्रयासमा थप बल पुग्न सक्छ ।-


Your Views
Related News