तिमी उठेनौ भने म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा केसी ?
लिला बल्लभ नेपाल

भ्रष्टा´चारी, तस्करको अ´खडामा नि´शास्सिएको शहरमा
नि´र्दालाई मु´र्दा बनाएर कु´टिन्छ यहाँ,
के गर्छौ र डा केसी तिम्रा शरिरका रौ हरु
पलपल गनि गनि लु´टिन्छ यहाँ,
तिमी नखाएर सुत्छौ त के भो
यहाँ ड´कारेर सुत्नेहरुकै इज्जत छ,
भो नसुत अब घुम्ने मेच माथी डा केसी
तिमी बलिको बोको बन्ने निश्चित छ,
यो देशका काकाहरुलाई तिमी मरेकै मा फाइदा छ,
भो नसुत अब निर्दाहरुको पक्षमा,
उठ जुरुक्क डा केसी जाउँ तिमी जनताको माझमा
अनि उठाउ निमुखाले जी´वन जी´उने एजेण्डाहरु,
तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झु´पडी,

म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा केसी ?
डाक्टर बन्न त धनिको को´खमा पो जन्म लिनु पर्छ हैनर ?
तिम्रो इमानले यो देश चल्ने भए
बेइमानले भि´खारी बनेको कहाँ सुहाउँछ र यहाँ,
भो नसुत डा। केसी तिम्रो इमानको खरानी
दलिसके चण्ड मुण्ड´हरुले त्यो सुकिलो अनुहारमा,
तिमी भीरको चि८चिण्डो बन्नु अ´घीनै उठ जुरुक्क डाक्टर केसी
शहरका भाग्यले ठ´गिएकाहरुलाई तिम्रो खाँचो छ,
तिम्रो अ´स्तित्व मे´टिदा गरिबको अ´स्तित्व अवश्य डग्मगाउने छ,
तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र
त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी ।


Your Views
Related News