जहाँ सरसफाइको काम गर्थिन् चुनाव जितेर त्यही कार्यालयकी प्रमुख बनिन्

काठमाडौं। रुसमा हालै भएको भएको स्थानीय निर्वाचनमा एउटा जिल्लामा आएको परिणामले पूरै विश्वलाई चकित पारिदिएको छ । यहाँ एक महिला विगत ५ वर्षदेखि एउटा कार्यालयमा सरसफाइको काम गर्थिन् । अहिले चुनाव जितेर उनी त्यही कार्यालयकी प्रमुख भएकी छिन् । रुसको स्थानीय निर्वाचनमा अप्रत्याशित रुपमा नतिजा उल्टिएपछि यस्तो अ´द्भूत घ´टना भएको हो ।रुसी मिडिया एमकेलाई उ´द्धृत गर्दै बीबीसीले लेखेअनुसार यहाँ हुन लागेको निर्वाचनमा पोभालिका जिल्ला प्रमुख पदमा एक जना मात्र उम्मेदवार भए ।उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीका उम्मेदवार थिए
पुटिनको पार्टीका उम्मेदवार निकोलाइवि´रद्ध चुनाव ल´ड्न कोही पनि तयार भएनन् । अन्ततः उनी निर्वि´रोध निर्वाचित हुने स्थिति आयो । नि´कोलाइ यसअघि पनि सोही जिल्लाको प्रमुख थिए ।निकोलाइले चुनावमा पारदर्शिता भएको देखाउन र आफू निर्वि´रोध निर्वाचित नभइ चुनाव जितेरै आएको देखाउन आफ्नै कार्यालयमा सफाइको काम गर्ने मरिना उद्गोद्सकायालाई चुनावमा आफ्नो वि´पक्षमा उठाए । मरिनाले कुनै पनि हालतमा चुनाव जि´त्दिनन् भन्ने निकोलाइले सोचेका थिए । तर, चुनावको परिणाम आउँदा नतिजा अप्रत्याशित रुपमा उल्टियो र मरिनाले निकोलाइलाई हरा´उँदै चुनाव जितिन् ।

मरिनाले ६२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । अब मरिना १५५ वर्गकिलोमिटर क्षेत्रफल भएको जिल्लाकी प्रमुख हुन् ।मरिना आफैंले पनि स्थानीय मिडियासँग कुरा गर्दै आफूले चुनाव जित्छु भन्ने सोच्दै नसोचेको बताएकी छिन् । चुनाव जित्ने अपे´क्षा समेत नगरेकी मरिनाले चुनावको लागि प्रचारको कुनै कार्यक्रम गरेकी थिइनन् । उनले कसैसँग भोट मागेकी पनि थिइनन् । विगत ५ वर्षदेखि निकोलाइको कार्यालयमा काम गर्ने म´रिनाले अब निकोलाइलाई नै हु´त्याएर उनकै कुर्सी कब्जा गरेकी छिन् । मरिनाले अब यो पदको जि´म्मेवारी बुझ्दै कामको योजना बनाइरहेकी छिन् ।


Your Views
Related News