काठमाडौँ,१५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

भट्टराई मन्त्री बनेसगै बधाईको ओइरो लागेको छ । यसैबीच भट्टराईका समकक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भट्टराईको सफलता नयाँ पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको भन्दै शुभकामना दिएका छन् ।

फेसबुकमा एक स्ट्याटस लेख्दै गगनले भने, ‘दाइ ! संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरी मुरी शुभकामना ।

गगनको स्टाटस यस्तो छ –

त्यस्तै नेकपाका अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि भट्टराईलाई मर्मस्पर्शी शुभकामना दिएका छन् । भट्टराईले आजसम्म लिएका सबै जिम्मेवारी पूरा गरेको भन्दै पर्यटनमन्त्रीका रूपमा पनि त्यही अनुसार जिम्मेवारी पूरा हुनेछ भन्ने अपेक्षा भुसालको छ ।

बुधवार फेसबुकमा एक स्ट्याटस लेख्दै भुसालले भने, ‘कमरेड योगेश भट्टराई, तपाईंलाई बधाई छ । तपाईंले आजसम्म लिएका हरेक ज़िम्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो ज़िम्मेवारी पनि त्यही योग्यताका साथ सम्पन्न हुनेछ । हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन् । र, हामी जानुपर्ने टाढा छ ।’

घनश्याम भुसालको स्टाटस तल हेर्नुहोस्-


Your Views
Related News