नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

काठमाडौं, असोज 20 । प्रधानमन्त्री केपी ओलीको सचिवालयमा कार्यरत प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालयका अन्य सदस्य र सुरक्षाकर्मीलाई को´रोना पो´जेटिभ देखिएपछि प्रधानमन्त्रीसहित ने´कपाका शीर्ष नेता होम आइ´सोलेसनमा बसेका छन्।

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अफिसियल फोटोग्राफर र निवासमा कपाल का´ट्ने नाईलाईसमेत सं´क्रमण देखिएपछि सबैलाई परीक्षण गर्दा प्रमुख राजनीतिक सल्लाहकारसहित सुरक्षाकर्मीलाई सं´क्रमण देखिएको हो।

अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सा´वधानी अपनाइएको छ। साथै अ´त्यावश्यकबाहेक उनका सबै भेटघाट बन्द गराइएको छ। आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ। ‘प्रधानमन्त्री ओलीले भेट्नै परेकाले उच्च सतर्कताका साथ भेटघाट भएको र दुई अध्यक्षको भेट पनि दूरी कायम गरेर भएको हो,’ स्रोतले भन्यो।

प्रधानमन्त्रीनिवासमा कार्यरत सु´रक्षाकर्मी र कर्मचारीलाई को´रोना सं´क्रमण देखिएपछि आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि स्थागित गरिएको छ। दुई अध्यक्षबीच भेटघाट हुँदा को´रोना सं´क्रमण नि´यन्त्रण र त्यसको उपायबारे छलफल भएको साथै अन्य सरकारी नियुक्तिबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अत्यावश्यकबाहेक सबै भेटघाटलाई बन्द गरिएको आजको नागरिक दैनिकमा खवर छ ।


Your Views
Related News