के सरकारले डा केसीलाई मा.र्नै खोजेको हो?

२२ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य ना´जुक बन्दै गएको प्रति चि´न्ता व्यक्त गर्दै सरकारको उ´दासीनताबारे आ´क्रोश व्यक्त गरेको छ ।

‘डा केसीले १९ औँ अनसनमा राखेका कुन चाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्या´नै अ´र्पण गर्न तयार स´त्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो’, स´हप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरे यताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो।’

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका भन्दै साझा पार्टीले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले असंवेदनशीलता प्रकट गरेर वार्ता टोलीसम्म गठन नगर्नु दुःखद भएको सो पार्टीको भनाइ छ । ‘के सरकारले डा केसीलाई मार्नै खोजेको हो? पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जा बोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’, विज्ञप्तिमा कडा आक्रोश पोखिएको छ ।

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको पनि जनाएको छ ।


Your Views
Related News