‘दशैंको आर्शिवाद टेलिफोनमार्फत लिन सकिने सरकारका प्रवक्ताको भनाई’

काठमाडौं, २१ असोज । काठमाडौँ उपत्यकामा को´रोना स´ङ्क्रमणको जो´खिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च स´तर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको नि´र्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा को´रोनाको प्रको´प विस्तारै निय´न्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जो´खिम कायम रहेको बताए ।

“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी स´ङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा को´रोना स´ङ्क्रमण नि´यन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै स´तर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने, “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि स´ङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जो´खिममा पु¥याउनसक्ने अवस्था छ ।”

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा को´रोनाको उच्च जो´खिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आ´ग्रह गरे ।

“देशैभर क्रमशः को´रोना स´ङ्क्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझै पनि उच्च जो´खिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आ´ग्रह गर्दछु”, उनले भने । नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा को´रोनाको थप जो´खिम बढ्नसक्ने औँल्याउँदै उनले स्वस्थ्य आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आ´ग्रह गरे ।

“दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अ´ग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ”, मन्त्री ज्ञवालीले भने ।

विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओ´होरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए । “परिवारका ज्येष्ठ सदस्य सु´रक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्”, उनले भने, “तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जो´खिम बढ्न सक्छ ।”

नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा को´रोना स´ङ्क्रमण दर र मृ´त्युदर तुलनात्मकरुपमा कम देखिएको छ । केही दिनयता नेपालमा को´रोनाका कूल स´ङ्क्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाडौँ उपत्यकामा देखिन थालेको छ ।


Your Views
Related News