ओली, दाहाल र देउवाले नौ अर्ब खाएको प्रमाण दिन सक्छुः भट्टराई

गोरखा, असोज २४ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले ने´कपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कां´ग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बू´ढीगण्डकी जलवि´द्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घो´टाला गरेको आ´रोप लगाएका छन् ।

भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलवि´द्युत् आयोजना अलपत्र पारेको आ´रोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्र´ष्टाचार गरेको प्र´माणित गर्न सकिन्छ,’ भट्टराईले भने ।

भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता

भेटघाटका क्रममा उनले भने, ‘ओलीको सं´गतले लौ डु´बियो, ब´र्बाद भो भनेर प्रचण्ड ९दाहाल० बि´लौना गर्नुहुन्छ ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बि´लौना गरेको बताए । ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो,’ उनले भने ।

भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आ´रोप पनि लगाएको आजको नागरिक दैनिकमा खवर छ ।


Your Views
Related News