‘बाहिर जिल्लाबाट आउने मान्छे क्वारेन्टाइनमा बसेनन्, सं´क्रमण फैलियो’

काठमाडौं, असोज २५ । नेपालमा को´रोना भाइ´रसबाट संक्र´मितको संख्या एक लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जनामा को´रोना पुष्टि भएसँगै कुल सं´क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यीमध्ये सक्रिय सं´क्रमित २७ हजार ५३ जना छन्। ७३ हजार २३ जना निको भइसकेका छन्। को´रोनाबाट मृ´त्यु हुनेको संख्या ६ सय नाघिसकेको छ। शुक्रबार मात्रै १० जनाको मृ´त्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

पछिल्लो दिनमा को´रोना सं´क्रमण ह्वा´त्तै बढेको छ। तीमध्ये आधा सं´क्रमित काठमाडौं उपत्यकामै थपिइरहेका छन्। जनस्वास्थ्यवि´द् डा स+मीरमणि दीक्षित अहिलेको स्थिति आउनु स्वाभाविक रहेको बताउँछन्। ‘को´रोना सं´क्रमण पूरै रोकिने अवस्था थिएन’, डा दी´क्षित भन्छन्, ‘पूर्णरूपले रोक्छौं भन्ने सोच नै गलत थियो।’ सबै नागरिकलाई थुनेर राख्ने सम्भावना नभएकाले को´रोना फैलिनु स्वाभाविक भएको उनी बताउँछन्।

उनका अनुसार सरकारले राम्ररी काम गर्न सकेको भए सं´क्रमितको संख्या यति धेरै हुँदैनथ्यो। सरकार परीक्षणमै चुके´को उनको ठ´म्याइ छ। ‘मुख्यतः हामी परीक्षणमा चुकेका हौं’, उनी भन्छन्, ‘परीक्षण जति गर्नुपथ्र्यो त्यति गर्न सकेनौं। पर्याप्त परीक्षण गरेको भए सं´क्रमितको संख्या ५० हजारमा सीमित हुन सक्थ्यो।’

परीक्षण गर्ने तरिका पनि उपयुक्त नभएको डा दी´क्षितको ठ´म्याइ छ। ‘हामीले जो´खिमका क्षेत्रहरूमा गएर परीक्षण गरेनौं’, उनी भन्छन्, ‘त्यसो गरेको भए मृ´त्युदर पनि कम हुन्थ्यो।’ यसबाहेक सीमामा आवतजावत रोक्न नसक्नु, क्वा´रेन्टाइन व्यवस्थापन नगर्नुले सं´क्रमणको यो स्थितिमा आइपुगेको उनको बुझाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


Your Views
Related News