उज्यालो नेपालका नायक कुलमान घिसिङ : एक आभा, एक आशा

निस्वार्थ अनि निर्भिक, दृ´ढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अ´हंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।

आफ्नै कर्म, लगाव र सर्मपणले श्रेष्ठ बनायो, उनलाई । आज तीन करोड नेपालीको स्पन्दनमा उनको जीवन–संगीतको धुन बज्छ । कुलमान घिसिङले कसरी आर्जन गरे यतिविध्न प्रेम र श्र´द्धा ?

कुनै प्रतियोगिता जितेर यस्तो श्रेष्ठता हासिल गरेका होइनन् । मनग्ये दान–दक्षिणा दिएर यस्तो यश कमाएका होइनन् । नेतागिरी गरेर, हिरोइज्म देखाएर, धन–वैभव प्रदर्शन गरेर यस्तो इमान बटुलेका होइनन् । त्यसो भए उनले के गरे ?

उनले त्यस्तो केही गरेनन्, जो उनी अघिका ह´र्ताकर्ताहरुले गरे । उनले त त्यती मात्र गरे, जो उनको जि´म्मेवारी थियो । अर्थात आफ्नो जि´म्मेवारीलाई पूर्णताका साथ पुरा गरे ।

श्रीमदभागवत गीतामा एउटा वा´क्यांश छ, ‘योगः कर्मशु कौशलम् ।’ जब कामप्रति गहिरो अभिरुची हुन्छ, तब कर्ममा कुशलता प्राप्त हुन्छ । अतः यसका निम्ति कर्ममा एकसाथ मन, बुद्धि र शरीर (क्रि´या) तीन वटा कुरा समावेश हुनुपर्छ । कुलमानले यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे ।

कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए, गए । तर, तिनीहरुले कुर्सीको इमान जो´गाएनन् । बरु आफ्नो दा´यित्वबाट वि´मुख भए । एउटा धूर्त ज´त्थाको लुकामारीमा भुलेर मुलुकलाई आँध्यारो बनाए । ´अ´कुत धन–दौलत थुपारे । त्यही कृ´त्यको कारण आज उनीहरुको अनुहारको चमक हरयो, जसरी हिजो मुलुकको उज्यालो हराएको थियो । चरम ग्ला´नी, भय, प´छुतो र अप´राधबोधले क´क्रक्क गले ।

तर, कुलमान घिसिङ ?

उनको अनुहार त ओजपूर्ण र दिव्य छ । सगर्वले चौडा छ छाती । कार्य–कौशलले नृ´त्यवत् छ शरीरका अवयवहरु ।

लोभ, मोह, भय, कुष्ठा जस्ता विकारबाट मुक्त उनी एक कर्मयोगी हुन् ।

लो´डसेडिङको तालिका हेरेर भात पकाउनुपर्ने । बत्ती आउने पालो कुरेर काम गर्नुपर्ने । उज्यालो पर्खेर लेखपढ गर्नुपर्ने । बिजुली–बत्ती नहुँदाका दिनहरु कति उराठ´लाग्दो ? कति उकुसमुकुस ? कति छटपटी ?

र, यसैले पैदा गरिदिए चिन्ता, निरासा, डिप्रेसन, पलायन अनि आ´त्मह´त्या ।

कतिको कार्य–तालिका विथोलियो । कतिको उद्योग–धन्दा चौपट भयो । कतिको औषधि–उपचार छुट्यो । कतिको पढाई बिग्रियो । कतिको गाँस खोसियो । गहिरो अनिश्चिता र अ´न्धकारले ख´र्लप्प निल्यो मुलुककै खुसी, उमंग, उर्जा । कर्मठ हातहरु लुला भए । जाँगरिला मनहरु शिथिल भए । उर्बर मस्तिष्कहरु पलायन भए । मुलुक मरुभूमी भए ।

यो अँध्यारो साम्राज्यभित्र एक जत्था धूर्त भने जागा रहे, जो जेनसेट (क्याटिभ प्लान्ट) देखि जेनेरेटर, सोलार, इन्र्भटर लगायतका धन्दामा सल्बलाइरहे । यसमा धुर्त कर्मचारी, द´लाल व्यापारीदेखि भ्र´ष्ट नेता–मन्त्रीहरुसम्मले आपसमा कानेखुसी र अं´कमाल गरे । त्रस्त र निरास समाजमाथि उपरखुट्टी लगाएर ‘उज्यालोको’ मोलमोलाई गरिरहे ।

काठमाडौं लगायत शहरी क्षेत्रमा ६ सय मेगावटभन्दा बढीको जेनसेट जडान गरी प्रति युनिट ३५ रुपैयाँमा बि´द्युत बेचे । आव ०७२÷७३ मा मात्र तीन अर्ब २५ करोड रुपैयाँको वि´द्युतिय जेनेरेटर बेचे । सोही अवधीमा १२ लाख २५ हजार थान त इन्भर्टर नै नेपाल ल्याएर बेचे । तीन अर्ब रुपैयाँ बढीको जेनेरेटर बेचे ।

विज्ञहरु भन्छन्, ‘नेपाल वि´द्युत प्रा´धिकरणका त´त्कालीन प्रणाली सञ्चालक र व्यवस्थापकले अनियमित रुपमा सीमित उद्योग, हुनेखाने, पहुँचगवालालाई वि´द्युत दिएर सर्वसाधरणलाई भने १८ घण्टासम्म अँध्यारोमा राखे ।’ यिनीहरुले वि´द्युत आपूर्ति प्रणालीलाई नै यस्तो जटिल र असहज बनाइदिए कि, सर्वसाधरणका लागि उज्यालो एक मृ´गतृष्णा भइदियो ।

एक कर्मयोगीको प´र्दापण

‘अराजकता, भ्र´ष्टचार, बे´थीति, हिं´सा, ब´लात्कार सजिलै निय´न्त्रण गर्न सकिन्थ्यो । तर, तपाईंले यसलाई अरु आश्रय र बढाव दिनुभयो । यसकारण कि, सर्वसाधरणको चित्कार र पीडाभन्दा तपाईंको निम्ती कुर्सी प्यारो थियो’ एक टेलिभिजन प्रस्तोता स–प्रमाण मूख्यमन्त्रीमाथि प्रश्न उठाउँछन् ।


Your Views
Related News