दशैंमा पुरानो कपडा लगाएर अनलाइनबाट आर्शिवाद लिन आग्रह

काठमाडौं,नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैंमा मान्यजनसँग टिका नलगाउन स्वास्थ्य मन्त्रालयले आ´ग्रह गरेको छ । को´रोना सं´क्रमण फैलिने सम्भावना भएकोले यस पटकको दशैंमा मान्यजनको हातबाट टिका नलगाउन आजको नियमित प्रेस वि´फ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आ´ग्रह गरेका हुन् ।

‘मान्यजनसँग आ´र्शिवाद लिन जाने क्र´ममा यात्रा नगरौ र धेरै बुढापाकासँग गएर यसपटक टीका नलगाउँ । ’ गौतमले भने, ‘अनलाइन र फोनबाट आर्शिवाद लिउँ ।’ उनले धेरै भिडभाडमा जम्मा भई खान र टीका नलगाउँन पनि अनुरोध गरे ।
गौतमले भने, ‘यसपटक धेरै किनमेल नगरी पुरानै कपडा लगाई पुजा गरौ । ’

अनावश्यक किनमेल नगर्न र घरमा बनाइएका खानेकुरा घरका सदस्यले मात्र खानपनि आ´ग्रह गरे । २४ घन्टामा देशभर २ हजार ५९ जनामा को´रोना पृष्टि भएसँगै कुल सं´क्रमितको सख्या १ लाख नाघेको छ । काठमाडौमा मात्र आज १४ सय ९ जना संक्र´मित थपिएसँगै जो´खिम बढेको छ ।


Your Views
Related News