सरकारसँग वार्तामा सहमति नभए पछि डा.गोविन्द केसीको अनसन जारी, देशभर आ´न्दोलनको चे´तावनी

काठमाडौं चिकित्सा क्षेत्र सुधारका लागि १९ औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीसगँ चौ´तर्फी द´बाब पछि वार्ता गरे पछि सहमति नगरे पछि डा. केसी पक्षले आ´न्दोलनमा उत्रने चे´तावनी दिएको छ । शुक्रबार दिन भर आ´लटाल गरेको सरकारी वार्ता टोलीले साँझ भएको वार्तामा कुनै सहमति हुन सकेन । डा. केसी पक्षबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले सरकार वार्ताबाट पछि हटेको भन्दै थप आ´न्दोलन शुरु गर्ने बताए ।

संयोजक डा. क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको बताए । वार्ता नगर्ने भए पत्रकार सम्मेलन गर्ने केसी पक्षको चे´तावनी पछि सरकारले वार्तामा पुनः वोलाए पनि सहमति नभएको हो ।
सरकारी वार्ता टोली बिहिबार भएको समझदारीबाट समेत पछि हटेको डा. क्षेत्रीले बताए ।

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताएका थिए ।
शिक्षा मन्त्रालयका सचिवले नै वार्तामा मन्त्रीसगँ सम्पर्क गर्न नसकिएको वताएका थिए ।

डा। केसी ६ बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालमा २७औं दिनदेखि अनशनरत छन् । उनले भदौ २९ गते जुम्लाबाट १९औं स´त्याग्रह सुरु गरेका थिए । उनको स्वास्थ्य चिन्ताजनक रहेको उपचारमा संलग्न चि´कित्सकले जनाएका छन् ।
डा. केसीको पक्षमा देशभरका चि´कित्सक, जनस्तरबाट पनि र प्रतिपक्षी काँ´ग्रेसले पनि ऐ´क्यवद्धता जनाएको छ ।


Your Views
Related News