अन्नको ठाउँमा गाँ’जा : प्रहरी वर्सेनि फाँ’ड्छ, गाउँले फेरि लगाउँछन

सर्लाही, २६ असोज । सडक सञ्जालमा नजोडिएको सर्लाहीको उत्तरी चु´रेभेगस्थित नारायणखोला जिल्लाको सबै भन्दा दुर्गम ठाउँ मानिन्छ। लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोला पुग्न खोलाको बगर प्रयोग गर्नुपर्छ । लाल बन्दी बजारदेखि प´त्थरकोटको छे´डा गाउँसम्म स´डक पुगेपनि त्यहाँबाट उत्तरतर्फ नारायणखोलासम्म पुग्न लखन्देही खोलाको बगर प्रयोग गर्नुपर्ने हुन्छ ।

प्राकृतिक रुपमा सुन्दर यस ठाउँका वासिन्दाले केही वर्षअघिसम्म भीर पाखोका बारीमा मकै, कोदो, फापर लगायतका बाली प्रशस्तै लगाउँथे। तर अहिले बारीमा त्यस्ता बाली देख्न मुस्किल पर्छ। अधिकांशले मज्जासँगले गोडमेल गरेर गाँ’जा खेती गरेका छन् ।दुर्गम भएकाले कुनै भवितव्य पर्दा मात्रै प्रहरी प्रशासन पुग्ने त्यहाँका स्थानीयहरुले केही वर्ष अघिबाट ढुक्कसँग गाँ’जाको खेती गर्न थालेका हुन् ।

‘कोदो, मकै रोप्दा आफैलाई खान पुग्दैन्, बरु गाँ’जा लगाउँदा राम्रो आम्दानी हुन्छ, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भनेका छन्, उत्पादन मात्रै गर्नुपर्छ, बिक्रीको कुनै चिन्ता हुँदैन्, किन्ने मान्छे घरमै आइ पुग्छन।’ नारायण खोलामा धान खेती हुने फाँट भने छैन् । स्थानीयहरुले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लालबन्दी बजारबाटै किनेर लाग्छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


Your Views
Related News