नेपाल राष्ट्र बैंकले यो दशैँमा नयाँ नोट सटही नगर्ने

२५ असोज, काठमाडौं । यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै को’रोना भा´इरस सं´क्रमणको जो´खिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको स´टही व्यवस्थापन गर्दै आएको थियो ।

तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महा मारी को´भिड १९ को सं´क्रमण नेपालमा समेत ती´व्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्र मण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भि´डभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ ।

यसले सर्व-साधारणमा परेको असुविधा प्रति क्षमा समेत मागेको छ । विगतका वर्षहरुमा दसैंलाई ल´क्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष को´भिड १९ को प्र´भाव बढ्दै गएकोले सम्भावित जो’मिलाई मध्यनजन गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ ।


Your Views
Related News