‘बाबुराम भट्टराईको अभिव्यक्ति माथि छानविन होस्’

काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनाबारेको दिएको अभिव्यक्तिबारे छानविन गर्न माग गरिएको छ। पूर्वडिआइजी रमेश खरेल ने´तृत्वको ‘हाम्रो नेपाल सुशासन अभियान’ले मंगलबार विज्ञप्ति जारी गरी भट्टराई को उक्त अभिव्यक्तिमाथि छानविन गर्न माग गरेको हो। ‘यो चानचुने विषय होइन, डा. भट्टराईले यसमा गम्भी´र बनेर प्रमाण पेश गर्नुपर्छ’ अभियानका संयोजक खरेलद्वारा जारी विज्ञफ्तिमा भनिएको छ।

अभियानको विज्ञप्तिमा सो विषयलाई प्रमाणसहित अघि बढाउन भट्टराईले साहस गर्नुपर्ने अन्यथा दो´ष मात्र लगाएर चुप बस्ने हो भने उनको राजनीतिक भविष्य र व्यक्तित्वमा गम्भीर आघा´त पर्ने उल्लेख गरिएको छ। ‘भट्टराईले हालसालै बुढीगण्डकी परियोजनामा नेपा लका प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब भ्रष्टाचार गरेको कुरा सार्वजनिक रुपमा नै अभिव्यक्त गर्नुभएको छ, उच्चस्तरीय छानविन आयोग गठन गर्न चु´नौती समेत दिनु भएको छ’

विज्ञप्तिमा भनिएको छ, ‘भट्टराई देशका पूर्वप्रधानमन्त्री हुन् र हाल पार्टीका नेता पनि। उनले यसपूर्व पनि पुष्पकमल दाहाललाई भ्र´ष्टचारको दो´ष लगाउँदै आएका थिए। यसपटकको उनको अभिव्यक्तिमा तीन जनाको नाम छ, छानविन होस्।’ अभियानको विज्ञप्तिमा भ्रष्टाचार हेर्ने अख्तियार दु´रुपयोग अनुसन्धान आयोगसमेतले यस विषयलाई ग´म्भीरतापूर्वक लिएर छानविन गर्नुपर्ने उल्लेख छ।


Your Views
Related News