हुम्लामा चीनले नेपालको सीमा अतिक्र´मण गरेकोबारे विज्ञ टोली बनाई सत्य, तथ्य सार्वजनिक गर्न कोइरालाको माग

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्र´भावशाली नेता डा. शेखर कोइरालाले हुम्लामा चीनले नेपालको सीमा अतिक्र´मण गरेको जानकारी पाएको सुनाउँदै यस सम्बन्धमा विज्ञ टोली खटाएर सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन्,‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूवाट नेपालको सीमा अतिक्र´मण गरेको जानकारी पाएँ। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’


Your Views
Related News