ओलीले एकलौटी मन्त्रिमण्डल पूनर्गठन गरेकोमा दाहाल–नेपाल रुष्ट, ओलीविरु´द्ध रणनीति बनाउँदै

काठमाडौं स´त्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने´कपा) भित्र मन्त्रिमण्डल पूनर्गठनलाई लिएर वि´वाद चुलिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिमण्डल पूनर्गठन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु मधव कुमार नेपाल र झलनाथ खनाल रुष्ट बनेका छन् ।

दाहालले त आफ्नो सचिवालयमार्फत मन्त्रिपरिषद हेरफेरमा आफ्नो सहमति नभएको उल्लेख गरिसकेका छन् । दाहालको सचिवालयले मन्त्रिमण्डल पूनर्गठनलगत्तै भनेको थियो,‘मन्त्रिमण्डल पूनर्गठनबारे अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच छलफल भएको थियो । तर, यसमा अध्यक्ष दाहालको सहमति छैन् ।’

स्थायी कमिटीको निर्णायनुसार मन्त्रिमण्डल पूनर्गठन नभएको दाहाल–नेपाल समूहको आ´रोप छ । नेता नेपालनिकट स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पनि मन्त्रिपरिषद हेरफेर स्थायी कमिटीको निर्णय र सहमति वि´परित भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘यो स्थायी कमिटीको भावनाविपरित हो । यसमा शीर्ष नेताहरुबीच नै सहमति छैन् ।’

दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरमा एकलौटी नि´र्णय गरेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकपछि अर्को गरेर पार्टीको सहमति र कमिटी बैठकहरु लत्याउन थालेको भन्दै कसरी अघि बढ्ने भन्नेबारे अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल बसेर र´णनीति बनाउने भएका छन् ।

दाहालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने,‘यसरी मन्त्रिपरिषद हेरफेर गर्दा ग´लत सन्देश गयो । अलिक ठूलो संख्यामा एउटा सन्देश दिनेगरि मन्त्रिमण्डल पूनर्गठन गर्ने कुरा भएको थियो ।’ नेता रावलले पनि आफूहरु सम्मलित कार्यदलको प्रतिवेदनको स्पिरिटभन्दा बाहिर गएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेको गुनासो पोखे ।


Your Views
Related News