भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं कार्तिक । विश्वमा भो’कमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भो’कमरी मापनमा आधारित विश्वव्यापी भो’कमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।सरकारकै एक प्रतिवेदन अनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असु´रक्षित अवस्थामा रहेका छन् ।

कोभिड–१९ म’हामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चु´नौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन। सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्त्वबारे ज´नचेतना जगाउन र खाद्य सं´कट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यब´द्धताका लागि आ´ह्वान गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


Your Views
Related News