दसैंको लागि मुस्ताङ्गी च्याङग्रा भक्तपुरमा, जि´उँदो किलोको कति ?(हेर्नुहोस)

भक्तपुर, कात्तिक।दशैंको लागि मुस्ताङ्गी च्याङग्रा भक्तपुरको सल्लाघारी स्थित ९९ रोपनीको चौरमा झारी सकेको छ ।मुस्ताङबाट ल्याइएको च्याङग्रा यो बर्ष जि´उँदो किलोको एक हजारमा बिक्री गरिरहेको छ भने मा’सु किलोको २२, २३ सयमा बिक्री गरिरहेका छन् ।

गत वर्ष जि´उँदो च्याङग्रा किलोको ८०० मा विक्री भएको थियो भने यो बर्ष को’रोनाका कारण चीनबाट भेडा च्याङग्रा नआएकोले अलि महगो भएको ब्यापारी र´बी शिलवालले बताउनु भयो । उहाँका अनुसार बिभिन्न स’मस्याले गर्दा यसपाली अलि म´हँगो भएको हो ।अहिले सम्म चार जना ब्यापारीहरुले करिव ६०० वटा च्याङग्रा ल्याइसकेका छन् भने गत बर्षहरुमा जस्तो यो बर्ष च्याङग्रा नआउने ब्यापारीहरु बताउँछन् ।

भक्तपुरको सल्लाघारी चौरमा यसपाली को’रोना भाइरसका कारण च्याङग्रा किन्न आउने पनि कमै देखिएको छ । हिमाली जिल्लाहरुबाट च्याङग्रा बिक्रीका लागि ल्याएइको छ। त्यस्तै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र झापा लगायतका जिल्लाबाट ल्याएका खसी-बोका बिक्रीमा राखिएको छ।


Your Views
Related News