सांसदहरुको भत्ता का´ट्ने, सरकारी कर्मचारीको न´काट्ने ? नेता लालबाबू पण्डित !

काठमाडौँ : स´त्तारुढ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता क´टौती गरेर नपुग्ने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका पण्डितले एक मिडियासंग कुराकानी गर्दै सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता क´टौती गरेर नपुग्ने बताएका हुन्। उक्त मिडियासंग कुराकानी गर्दै उनले सांसदको

भत्ता क´टौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको क´टौती गर्नुपर्ने बताए। सम्पूर्ण सांसदहरु एउटै अवस्था नरहेको उनको भनाई छ।

ओली–दाहाल भेटवार्ता : कर्णाली प्रदेशको वि´वाद सल्टाउन चार बुँदे सहमति !

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच कर्णाली प्रदेशको वि´वादबारे सहमति भएको छ ।

हिजो (मंगलबार) भएको भेटवार्तामा अध्यक्षद्वयबीच उक्त वि’वाद सल्टाउन चार बुँदे सहमति भएको हो । प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको सम्बन्धमा भएको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने पनि सहमति भएको जनाइएको छ ।

कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर हुने सहमति भएको बताइएको छ । त्यस्तै, मुख्यमन्त्री शाहीविरू’द्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति पनि भएको छ । त्यस्तै, अन्य विषयमा सल्लाह र स´मझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको बताइएको छ ।


Your Views
Related News