कार्तिक । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमै भेटवार्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आ,लोचना भएको छ ।

विदेशी गुप्तचर संस्थाका प्रमुखलाई सरकारी निवासमै प्रधानमन्त्रीले भेटवार्ता गर्नुलाई धेरैले कु,टनीतिक मर्यादा वि,परित रहेको जि,किर गरेका छन् । तर प्रधानमन्त्री ओलीसँग मात्र शि,ष्टाचार भेटवार्ता गरेर फर्किएका भनिएका रअ प्रमुखले अन्य ६ जना शीर्ष नेताहरुलाई समेत भेटेको खुलासा भएपछि नेपालको रा,जनीतिक क्षेत्र त,रंगित बनेको छ ।

रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुपूर्व नै नेपालका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै कांग्रेस नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालाले पनि रअ प्रमुख गोयलसँग भेट्नुभएको थियो । जनता समाजवा,दी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरले समेत भेट गर्नुभएको समाचारमा उल्लेख छ । यद्दपी, नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे सचिवालयले भने रअ प्रमुखसँग भेट भएकाे भन्ने विषयलाई ख,ण्डन गरेकाे छ ।

नेपालका विभिन्न रा,जनीतिक दलका शीर्ष नेताहरुसँग रअ प्रमुख गोयलले किन भेट गरे ? भेट के विषयमा केन्द्रीत थिए भन्नेबारे भने केही खुलेको छैन । तर भारतीय सञ्चार माध्यमहरुका अनुसार गोयलको भेट नेपाल भारतबीच चुलिएको सी,मा वि,वादमा केन्द्रीत थियो । भारतीय सेना प्रमुखको औपचारिक नेपाल भ्र,मणपूर्व गुप्चर संस्थाको प्रमुखको भ्रमण र शीर्ष नेताहरुसँगको भेटवार्ताले नेपाली रा,जनीतिक क्षेत्र छिट्टै त,रंगित हुनसक्ने राजनीतिक विश्लेषकहरुको आँकलन छ ।

गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर नेकपाभित्रै आ,लोचना भैरहेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले समेत सार्वजनिक रुपमै उक्त भेटवार्ताको बारेमा आ,लोचना गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीको सचिवालयले भने उक्त भेटवार्ता शिष्टाचार भेटवार्ता भएको भन्दै प्रधानमन्त्रीसँग त्यस्तो भेटवार्ता माग्दा दिने अन्तर्राष्ट्रिय प्रचलन समेत रहेको दाबी गरेको छ ।

पहिला पहिला नेपाली नेताहरु आफैं भारत पुगेर यस किसिमका भेटवार्ता गर्थे । तर अहिले भने केही परिदृश्य फेरिएको छ । भारतीय विदेश मन्त्रालयका दूतका रुपमा परराष्ट्र सचिव केही समय अघि नेपाल आएका थिए । यस्तै सेनाअध्यक्ष आगामी नोभेम्वरमा नेपाल आउँदैछन् ।


Your Views
Related News