शिक्षकको जागिर छा´डेर ब´गरमा केराखेती गर्दै – नारायण प्रसाद भुषाल : हेर्नुहोस् ।

दाङका एक व्यक्तिले शिक्षकबाट रा´जीनामा दिएर बगरमा केरा खेती गरेका छन् । ल´मही नगरपालिका–३ फल्कापुर नि´वासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् ।

राप्ती नदीले क´टान गरेको लमही–२ राजपुरको करीब १२ बि´घा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । ‘पहिले बस्ती थियो तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै स´र्‍यो, यो स्थान बगरमा परिणत भयो,’ उनले भने, ‘बगरमा प´रिणत भएपछि यो स्थानमा अहिले मैले व्यावसायिक केरा खे´ती गर्न थालेको छु ।’

वार्षिक ३ लाख ६० हजार भाडा दिने स´म्झौता गरी जग्गाामा ‘जी नाइन, वैलिएम हा´ईब्रेड र हरि साल’ जात लगायतका १५ हजार केराका बिरुवा रोपेको उनको भनाइ छ । ३ वर्षदेखि व्यावसायिक केरा खेती शुरू गरेका भुषालले पहिलो सिजनमै २ लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उनले दोस्रो सिजनमा करीब ७ लाख आम्दानी गर्ने योजना बनाएका छन् । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको भनाइ छ । हाल उत्पादन भएका केराहरू लम´ही बजारमै खप´त हुने गरेको उनले बताए ।

प्रायः फु´टकर व्यवसाय गर्ने मानिसहरू फार्ममै पुगेर केरा लैजाने गरेका छन् । उनले केरा खेतीलाई अझै फराकिलो बनाउने सोचमा रहेको बताए । ‘अहिले १२ बिघामा केरा खेती छ । तर यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘यसलाई बढाएर करीब ३० बिघा बनाउने योजनामा छु ।’ केरा खेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैंसी र ´बाख्रापालन गर्ने योजना बनाएको समेत उनले बताए ।

बाख्राका लागि खोर समेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि २५ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । भुषालले अहिले प्रदेश सरकारबाट अनु´दानका लागि प्र´क्रिया अगाडि बढाएको बताए । कृषि ज्ञान केन्द्र दाङले भने ४ लाख अ´नुदान दिइसकेको छ ।

भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराएका थिए । त्यसपछि २ वर्ष निजी विद्यालयमा पनि अध्यापन गराएका उनले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि पेशा रोजेका हुन् ।

उनले केरा खेतीको रेखदेखका लागि १ जनालाई रोजगारी समेत दिएका छन् । अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मे´हनत गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार वर्षमा २ पटक मल दिनुपर्ने र केराको बोटलाई स´फाइ गरिरहनुपर्ने हुन्छ ।


Your Views
Related News