अबैधानिक भएको थाहा हुदा हुदै पनि लोभमा परेर नेपालीहरु रोजगारीका लागि इराक पुगिरहेका छन् । दाङका लेवराम डांगी, ललितकुमार गुजरालप्रेश विश्वकर्मा तथा कोहलपुरका लाल बहादुर आलेलाई पनि वैधानिक तरीकाले इराक पुगे । लामो समय इराकमै बसेका लोकेन्द्र खड्काले उनीहरुलाई इराक बोलाएका थिए। ३ लाखको लागतमा मासिक ७०/८० हजार कमाईको लोभमा भिजिट भिषामा दुवई हुँदै इराक पुगेका थिए। अहिले उनीहरुको पैसा त डुबेको छ, तर अलपत्र परेका उनीहरु आफ्नो ज्यान बचाएर नेपाल फर्कन सकेका छन्।काठमाडौंको न्युरोड मखन एरियामा भने सडकमा हिडिरहेकी युवतीहरुमाथि आक्रमण भइरहेको सीसी क्यामेरा फुटेज प्राप्त भएको छ । मखन टोल स्थित वडा २५ युवा क्लवको सीसी क्यामेरामा कैद भएको भिडियोमा दिउँसो साढे २ बजेको समयमा ४ जना युवाहरुको समूह मखन गल्लीमा निकै हतार–हतारमा हिँडिरहेका हुन्छन्।४ जनाको उक्त समूहमा आएका मध्ये एक युवकले नजिकैको युवती लाई छुँदै अघि बढ्छन् ।यो भन्दा केही अघि सोही समूहले अर्की युवतीलाई पनि आक्रमण गर्छन् । हिडिरहेको बेला पछाडिबाट आएका एक युवकले युवतीको कम्मरमा केही वस्तुले घोच्छन् ।त्यसपछि ती युवक भाग्न खोज्छन् । आक्रमण भएकी युवती युवकलाई लखेट्न थाल्छन् । युवतीले लखेटिरहेकी युवा भागिरहेको देखेपछि स्थानीयले उनलाई रोकेका थिए ।सिधा कुरा जनता – भिडियोमा हेर्नुस


Your Views
Related News