एकल पुरुषलाई पनि मासिक भत्ता दिन थालियो

ओखलढुङ्गा । खि´जीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदे´म्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।स´त्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहारावि´हीन बनेकाले वडाको बजेटबाट मासिक रु ५ सय आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक रु ५ सयका दरले भत्ता खान थालेका छन् ।
वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्तावा´पत रु ६ हजार वितरण गरिसकेको छ । खि´जीदेम्बा–४ मा १५ एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । साठी वर्षमुनिका एकल पुरुष आफैँ स´क्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । सत्तरी वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सु´रक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।सरकारको सामाजिक सुर´क्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको र सो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताए ।

अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।खिजीदेम्बा –४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आएका छन् । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयं´सेविकाको स्वास्थ्य बीमा, को´रोनाको सं´क्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हा´´तधुने साबुन वितरणसहितका सहयोग उनीबाट भएको छ ।वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्ष´मता विकास, विद्यार्थी तथा बुहारी छा´त्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खि´जीकातीमा सञ्चालन हुँदै आएका छन् ।


Your Views
Related News