रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटवार्तामा आ´पत्ति जनाउनुहुन्न : डा. महत

काठमाडौं, १२ कार्तिक । प्रमुख प्र´तिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले भारतका रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शि´ष्टाचार भेटवार्तालाई लिएर नेपालमा ब´हसको विषय बनाईनु ग´लत भएको टि´प्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘यस्ता सानातिना विषयमा पनि राष्ट्रिय ब´हस गर्ने । यो भेटवार्ता राष्ट्रिय बहसको विषय होईन । किनभने आउनुभन्दा अगाडि यहाँ खबर पनि गरेको थियो अरे । परराष्ट्र मन्त्रालयलाई थाहा पनि छ । एम्बेसीमा´र्फत खबर पनि गरेको छ । प्रधानमन्त्रीले पनि भेट्न पनि चाहानुभएको छ । त्यसकारण भेट्नु भनेको यो ठूलो बहसको विषय होईन् ।’

नेकपाका प्र´वक्ता नारायणकाजी श्रेष्ठले रअ प्रमुखको प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई आ´पत्तिजनक छ भनेर भनेको भनाई आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा डा. महतले भने,‘हा´वादारी कुरा गरेर हुन्छ ? ह´स्तक्षेप गरेको छ भने प्रमा´णसहित भन्नुपर्यो । बिना प्र´माणविना हल्लाखल्ला गर्नु उचित होईन । यो भेटवार्तालाई अ´तिरञ्जित गर्न जरु´री छैन् ।’ उनले चीनले नेपालको भू´मि मि´चेको दा´बी गरे । उनले थपे,”चीनले नेपाली भू´मि मि´चेको छ । ला´प्चामा सि´माको ख´म्बा, पोललाई सारेर २ किलोमिटर । हुम्लाका साथीहरुे आ´पत्ति गरिराखेका छन् ।”


Your Views
Related News