राजलवटद्धारा दशैंमा पनि काठमाडौंदेखि चितवनसम्म निःशुल्क गुर्जो वितरण, को.रोना पो.जेटिभहरुलाई पनि गुर्जोसहितको धुलो औषधी प्रदान (फोटोफिचर)

काठमाडौं, निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले दशैंमा पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क गुर्जो विरुवा, धुलो प्याकेट र चिया प्याकेट वितरण गरेका छन् । पछिल्लो ७ महिनादेखि राजलवट निःशुल्क गुर्जो वितरण गर्दै आएका छन् । राजलवटले पछिल्लो समय को{रोना सं´क्रमित, सं´क्रमितका परिवार र आईसोलेशनमा बसेकाहरुलाई समेत गुर्जोको विशेष धुलो औषधी तथा चिया प्याकेट वितरण गरेका छन् ।


साथै, केही ग्यास्ट्रिक, र´क्तचाप, मधुमेह, माईग्रेशन आदि रो´गबाट पीडित व्यक्ति तथा नीजका परिवारलाई गुर्जोको चिया खुवाउँदै गुर्जोको धुलो औषधी, गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना पनि सेवा गरिएको उनले विश्वास दिलाए । त्यस्तै, नवमीमै दिनमा गोकर्णेश्वर नगरपालिकास्थित् सुगमनगरमा ५ सय गुर्जोको बेर्ना र को´रोना पो´जेटिभ २५ जना र केही आईसोलेशनमा बसेकाहरु र उनीहरुको परिवारलाई गुर्जोको धुलो औ´षधी र चिया प्याकेटसमेत वितरण गरिएको थियो । साथै, उनले त्यहाँ उपस्थित् महानुभावहरुलाई पनि निःशुल्क गुर्जोको धुलो र चिया प्याकेट वितरण गरेका थिए । उनले हिजोमात्रै, चितवनको नारायणघाट बागेश्वरीस्थित् योगी नरहरिनाथ आध्यात्मिक परिषदमा पनि तीन सय विरुवा, गुर्जोसहितको धुलो औ´षधी प्याकेट, गुर्जोको लहरा प्रदान गरिएको थियो ।


Your Views
Related News