‘अब फुटपाथ व्यापारीका सामान खो.सिँदैन, नमस्कार गरेर सम्झाइन्छ’ : सीताराम हाछेथु
ललितपुर – ललितपुर महानगर पालिकालाई सुन्दर र सफा बनाउने अभियानमा अहिले सम्म १६ ट्रक होर्डिङ बोर्ड हटाइएको छ । नगर प्रहरीले भोलि (बिहीबार) देखि फु´टपाथ अ’तिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फु´टपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल नराख्न आग्रह गर्दै माइकिङ गरेको र अटेर गरेर भोलि पसलराखे हटाइदिने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘फुटपाथमा व्यापार व्यवसाय गर्न पाइँदैन, फुटपाथमा राखिएको तरकारी बजारमा होहल्ला हुँदा डिस्टर्ब भएको भनेर उजुरी समेत परेको छ, अब फुटपाथमा तरकारी बेच्न दिँदैनौँ ।’

कोही व्यक्ति वा व्यवसायीले सडकमा समस्या खडा गरेको छ भने सजाय भन्दा पहिले सम्मान दिनुपर्ने मान्यता राख्छन् हाछेथू । उनी आफैं पनि फुटपाथ व्यवसायीका सामू हात जोडेर अनुरोध गर्छन्– कृपया, समस्या हुने गरी फुटपाथमा सामान नराखिदिनु होला । ‘मेरो अभियानले कुनै पनि फु´टपाथ व्यापारीको सामान खोसेर, ठेला उठाएर उनीहरूलाई स´मस्यामा पार्दैन,’ उनी भन्छन्, ‘हामी आफैं बि´नम्र हुँदै आपसी सम´झदारीमा समाधानको बाटो खोज्छौं । एउटाको कारण कति मान्छेले दुःख पाएका छन् भन्ने बाटोमै बसेर देखाइदिन्छौं। आँखैले देखेपछि नबुझ्ने को होला?’

उनी अगाडि थप्छन्, ‘निम्न स्तरमा मान्छेलाई मात्रै दुःख दिएजस्तो व्यवहार अब हामीले गर्नु हुँदैन।’ साना तर महत्वपूर्ण काम गरेर स्थानीयको मन जित्नु पर्ने उनले बुझेका छन्। तर सुरूमा केहीले उनको काम गर्ने तौरतरिका बुझेनन् । खिसी गरे। चार्चा र खर्चको बाटो अपनाएको पनि भन्न भ्याए। त्यसले उनलाई निरुत्साहित तुल्याएको छैन। बरु सचेत रहन, सावधानी अपनाउन पाठ पढाएको छ।

उनी मातहतका कर्मचारीलाई पनि नियम, कानुन, अनुशासन सिकाउन पनि लागि परेका छन्। यो उनको चौथो योजना हो। हिजोका दिनमा लठ्ठी लिएर नगर प्रहरी आजका दिनमा हात जो´ड्दै हिँडेका भेटिन्छन्। कुनै पनि फुटपाथ व्यापारीलाई ‘तँ’ र ‘तिमी’ भन्न नपाउने ‘तपाईं’ नै भन्नुपर्ने नियम छ। नगर प्रहरीको यस्तो व्यवहारले झैझगडा कम गर्न सहयोग पुग्ने हाछेथू बताउँछन्।

‘म हात जो´डेर नमस्कार गर्दै जान्छु। नमस्कार गरेरै सबैको व्यवहार परिवर्तन गर्नु छ। मन जित्नु छ। हे´पाहा प्र´वृत्ति हटाउनु छ,’ उनी भन्छन्, ‘हाम्रो वि´नम्र देख्नासाथ फुटपाथ पसले लाजले रातोपिरो भइहाल्छन्। तर जबरजस्ती गर्न थाले बदलाभाव जाग्छ। ऊ अटेर गरिरहन्छ।’ कुनै पनि हिसाबले फु´टपाथ व्यापारी वि´रुद्ध नजाने उनले निर्णय नै गरेका छन्। समस्या बुझाएरै समाधानको बाटो खोज्ने उनको योजना हो।

अनि नगर प्रहरीको छवि बि´ग्रने गरी कुनै काम नगर्ने उनी बताउँछन्। ‘मकै पोल्नेको आगोसहितको ठेला गाडीमा हालेर लैजाने नगर प्रह´री देखेको छु मैले। उनीहरूको रुवावासी, चित्कार सुनेको छु’ उनी भन्छन्, ‘मेरो नेतृत्वले फुटपाथ व्यापारीका सामान खोस्दैन । बरु सम्झाइबुझाइ गरेर, आपासी सल्लाह र समझदारीमा सजिलो गरी अघि बढ्छौं।’


Your Views
Related News