दसैँ मनाउनेहरु क´म्युनिष्ट हैनन्- नेकपा नेता गजुरेल !

काठमाडौं : नेपाल कम्यु´निस्ट पार्टीका नेता हरिबोल गजुरेलले दशैं मान्ने क´म्युनिस्ट हुन नसक्ने बताएका छन् । उनलाई दशैं मनाउनेहरुलाई अ´न्धविश्वासी समेत भनेका छन् ।

गजुरेलले आफूरुले दशैँ नमान्ने गरेको समेत बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग नेकपा नेता हरिबोल गजुरेलले क´म्युनिष्टह’रुले धर्म नमान्ने भएकाले आफूहरुले दशैँ नमान्ने गरेको बताए ।

उनले भने, “दशैँ मान्नेहरु क´म्युनिष्ट हुनै सक्दैन, कम्युनिष्टले त धर्म र अध्या´त्ममा विश्वासै गर्दैन ।” कम्यु´निष्टहरु भौतिकवा´दी हुने र भौतिकवा´दीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उनको भनाई थियो । नेता गजुरेले आफू कहिल्यै मन्दीरमा नगएको र आगामी दिनमा पनि नजाने अ’ठोट गरे । नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी समेत दिए ।

आफूहरु धर्मको वि´पक्षमा रहेको आ´शय व्यक्त गर्दै उनले जनताले धर्म मानेकोप्रति भने कुनै आ’पत्ति नरहेको स्पष्ट पारे । नेपालमा कम्यु’निष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश ब´नावटी र दे८खावटी कम्यु´निष्ट भएको उनको टिप्पणी छ । आफ्ना अधि´कांश कार्यकर्ता र समर्थकहरुलाई उनले घु´माउरो तरिकाले सच्चा कम्यु’निष्ट हुन नसकेको आ´रोप लगाए ।

नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना वि´परित दशैँ बहि’स्कार गर्ने गरेका छन् ।


Your Views
Related News