राजनितिक विश्लेषक डाक्टर सुरेन्द्र केसी आफ्नो नियमित उपचार गराउन डा. सुन्दर मणी दिक्षितको क्लिनिक जाने गरेका छन् । सुगरका रोगि डा. सुरेन्द्र आफ्नो बढ्दो उमेरमा शरीरको ख्याल गर्नुपर्ने भन्दै डा. सुन्दर मणी दीक्षितसंग उपचार गराईरहेका हुन्छन । उपचार गर्न जाने क्रममा डाक्टर सुरेन्द्र केसी र सुन्दर मणी दीक्षितले क्यानाडा नेपालका लागि सन्तोष निरौला संग कुराकानी गर्दै देशका नेता र मन्त्रिहरु किन विदेश जान्छन उपचार गर्न भन्ने विषयमा टिक्का टिप्पणी व्यक्त गरेका छन् । डा. सुन्दर मणी दीक्षितले कुराकानीको क्रममा भने: “नेपालका भीआईपी र मन्त्रिहरु जनताको पैसामा विदेशमा गएर उपचार गरेर राज्यको ढुकुटी लुट्न सम्म लुटेका छन् ।

सुरुमा आफ्नै देशको अस्पतालमा उपचार गरेपछि यहा हुन् नसके मात्र विदेश जानुपर्ने हो तर हाम्रो देशमा पहिलो रोजाई नै विदेश भएपछी कसरी देशको स्वास्थ्य छेत्र सुध्रिन्छ ? ठुला नेताहरुले सुरुमा देशमा उपचार गर्नपर्छ अनि यहाँ सम्भव नभएको मात्र विदेश जानुपर्छ नत्र देशको स्वास्थ्य छेत्रले कहिले पनि कोल्टो फेर्न सक्दैन ।” यहि विषयमा डाक्टर सुरेन्द्र केसीले आफ्नो अनुभव सुनाए: “म जापानको एक अस्पतालमा उपचार गर्न पुग्दा त्यहाँको महँगो क्याबिनमा हाम्रो पुर्व राष्ट्रपति डा. रामवरण यादव उपचार गर्दै हुनुहुन्थ्यो ।

ठुलै रोगको उपचार होला भन्ने सोचे तर वहा त ग्याष्ट्रिकको उपचार गर्न जापान पुग्नु भएको रहेछ त्यो पनि महँगो क्याबिनमा बसेर । कुरा पैसा मात्र होईन विदेशी मुलुकमा हाम्रो इज्जतको पनि के भयो होला भन्ने कुरा पनि सोचेनन् हाम्रा मन्त्रि नेताहरुले । यस्तो त छ देशको नेताहरुको लुटतन्त्र अनि कसरी हुन्छ विकाश ?”


Your Views
Related News