कर्णालीमा मन्त्रिमण्डल पुर्नगठनबाट देखिदै प्रचण्ड-माधवबीचको समिकरण, केन्द्र सरकारमा कम्पन आउनसक्ने

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको स´मिकरणको नतिजा कर्णाली प्रदेशबाट देखिन थालेको छ । कर्णाली प्र´देशमा प्रचण्ड पक्षीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधरलाई पेलेर जाने नीति लिएका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन गरी नेपाल पक्षका प्रदेश सांसदहरुलाई समावेश गर्ने तयारी गरेका छन् ।

ओली पक्षधका प्रदेशसभा सदस्य यामलाल कँडेलको ने´तृत्वमा शाहीवि´रुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नयाँ माहोल तयार भएको हो । कर्णालीको ग´ठबन्धनमा यसअघि ओली र नेपाल पक्ष मिलेर शाहीवि´रुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोमा नेपाल पक्ष शाहीतर्फ लागेका थिए । त्यसपछि सचेतकसहित नेपाल समूहले तीन मन्त्री पाउने सहमति बनेको थियो । नेपाल पक्षका कुर्मराज शाही स´चेतक नियुक्त भइसकेका छन् ।

सहमति अनुसार नेपाल पक्षका चन्द्रबहादुर शाही क´रबिर शाही र अमरबहादुर थापा मन्त्री बन्ने भएका छन् । नेपाल पक्षले उनीहरुको नाम मुख्यमन्त्री शाहीलाई दिएको हो । ओली पक्षका दुई मन्त्री दल रावल र नन्दसिंह बुढालाई हटाइँदैछ । बंकिङ कसुर मु´द्दामा खड्गसिंह खत्री मन्त्रीबाट ब´र्खास्त भइसकेका छन् । मन्त्रीबाट हट्ने भएपछि दल रावलले सामाजिक सञ्जालमा धन्यवाद ज्ञापन गरिसकेका छन् ।

यसैगरी, ओली पक्षले खुमलटारमा प्रचण्डसँग सम्पर्क गरी कर्णाली प्रदेशको संकट रोक्न प्रयास गरिरहेका छन् । तत्काल मन्त्रीमण्डल पुर्नगठन रोक्ने प्रयास भइरहेको छ । यसबारे प्रचण्डसँग खुमलटार गत हप्ता पुगेका ओलीका ´दूतहरुले पनि छलफल गरेका थिए । तर, प्रचण्डले माधव नेपालसँगको एकताको सन्देश दिन पनि कर्णालीमा आवश्यक कदम चालेर दिन खोजेका छन् ।

कर्णालीमा स´मिकरण ब´दलेर वागमती, प्रदेश १ हुँदै केन्द्रसम्म पनि बदलाव ल्याउने तयारीमा प्रचण्ड पक्षधरले स´क्रियता बढाएको छ । तर, ओली पक्षधर प्रचण्डसँगको गठबन्धनलाई कायमै राख्न अन्तिम प्रयासमा लागिरहेका छन् । कर्णालीमा नेकपाभित्रको स´मिकरण ब´दलेमा अन्य प्रदेश हुँदै केन्द्रमा समेत कम्पन आउने बुझेर ओली पक्षधर नेताहरु गम्भी´र बनेका छन् ।


Your Views
Related News