‘तीनकुनेको खाली जमिनमा ट्राफिक प्रहरीले रोप्यो गुर्जो’

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेमा रहेको खाली जमिनमा गुर्जोका बिरुवा रोपेको छ । आज शनिबार एक कार्यक्रम बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (प्रहरी वरिष्‍ठ उपरीक्षक) भीम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा १५ सय वटा गुर्जोका विरुवा रोपिएका हुन् ।

यस्तै आजै उपत्यकामा रहेका ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोका बिरूवा रोपिएका छन् । ‘‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनुपर्ने भएकाले को´रोना भा´इरस सं´क्रमणको जो´खिम ज्या´दा छ’’ एसएसपी ढकालले भने, “त्यसैले रोग प्र´तिरोध क्ष´मता वृ´द्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकाले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरुवा रोप्‍ने काम सुरु गरेका हौं ।”

आन्तरिक राजस्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोका बिरुवा वितरण गरेको महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको बिरूवा रोपेको छ।


Your Views
Related News