कुनै हालतमा राजीनामा नदिन प्रदेशका मन्त्रीहरूलाई ओलीको निर्देशन

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री शाहीले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट द´बाब आएको भन्दै ओली पक्षका मन्त्रीहरूलाई ह´ट्न आ´ग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफूले रा´जीनामा नदिने बताए । कसरी अगाडि बढाउने भन्ने मुख्यमन्त्रीकै हातमा रहेको उनले बताए । उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए ।

यो समाचार पनि पढ्नुहोस्
काठमाडौं । स´त्ताको ने´तृत्व गरिरहेको नेपाल कम्यु´निष्ट पार्टीभित्र वि´वा द बढिरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीपक्षबाट सरकारमा सहभागी दुई मुख्यमन्त्री आज ब´र्खास्त गर्दैछन् । कर्णाली प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई ब´र्खास्त गर्ने सूचना मुख्यमन्त्रीबाट प्राप्त भएको छ ।

सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आ´ग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएर ब´र्खास्त गर्न आग्रह गरेका स्रोतको भनाइ छ ।

ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड नि´कट मुख्यमन्त्री शाहीवि´रुद्ध अविश्वासको प्र´स्ताव दर्ता गरेपछि नेकपाभित्र वि´वाद सुरु भएको थियो । शाहीले आजै वरिष्ठ नेता माधव कुमार नेपाल नि´कट तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार आज मन्त्री बनाउन थालेका हुन् ।


Your Views
Related News