सात वर्ष साउदी अरबमा बेप´त्ता भएको छोरो जब कोमामा फर्कि,यो..

काठमाडाैं – महानवमीका दिन इच्छालाल गुरुङको घरमा एकैसाथ दुःख र खुसीको क्षण भित्रियो । खुसी यसकारण कि बे´पत्ता छोरा घर फर्किए, दुःखी यसकारण उनी अझै कोमामै छन् । साउदी अरबमा सात वर्ष बे´पत्ता ३८ वर्षीय छोरा प्रकाश टीकाको अघिल्लो दिन घर आउँदा गुरुङ परिवार निकै खुसी देखिए । त्यति लामो समयपछि भेटिएको छोरोको शारीरिक अवस्था नाजुक देख्दा भने मन थाम्नै सकेनन् ।

झापास्थित बिर्तामोड–१० सैनिक गाउँमा रहेको घरमा प्रकाशलाई रामबहादुर मगरले साउदीबाट आफूसँगै ह्वि´लचियरमा ल्याएका थिए । प्रकाश सिधा उभिन सक्दैनन् । दुवै आँखा बन्द छन् । जतिखेर पनि टाउको निहुरिइरहने । ‘साउदी जाँदा कस्तो थियो, आउँदा कस्तो भयो,’ ६८ वर्षीय इच्छालालले टेलिफोनमा कान्तिपुरसँग भने, ‘जस्तो भए पनि हराइरहेको छोरा घर त आइपुग्यो । यो नै हाम्रो लागि खुसी हो ।’

बितेको सात वर्ष प्रकाश कसरी यो अवस्थामा आइपुगे भन्नेबारे परिवारले उनी आउनुभन्दा एक साताअघि मात्रै थाहा पाएका थिए । त्योभन्दा अगाडि प्रकाश कहाँ कुन अवस्थामा थिए, कुनै खुटखबर थिएन । ‘लास नदेखेसम्म मान्छेको आस भइराख्दो रहेछ । छोरो एक दिन त अवश्य आउँछ भन्ने आसमा कुरेर बसिरहेका थियौं,’ इच्छालालले भने, ‘यो हालतमा फर्किन्छ भन्ने सोचेका पनि थिएनौं ।’ प्रकाश २०६८ असोजको पहिलो साता साउदी अरबको समी अल मुसराफ रि´क्रुटमेन्ट अफिसका लागि गएका थिए । दैलेख ओभरसिजमार्फत गएका उनको तलब ८ सय रियाल तोकिएको थियो । लोडिङ–अनलोडिङको काम उनले दुई वर्षसम्म गर्न सकेनन् ।

केही महिनामै कम्पनीबाट भागे र अन्यत्र काम थाले । त्यसबेला राम्रो कम्पनीमा तोकिएको तलब नहुँदा र कठिन काम भएपछि कम्पनी छाडेर हिँड्ने लहर चलेको थियो । रियादस्थित नेपाली दू´तावासका अनुसार २०६६ देखि २०७० सम्म हरेक दिनजसो साउदीको परराष्ट्र मन्त्रालयबाट भागेका मध्ये ५ सय नेपालीको राहदानी दूतावासमा आउँथ्यो । एक लाखभन्दा बढी नेपाली गैरकानुनी हैसियतमा थिए ।

प्रकाश दुई वर्षसम्म परिवारको सम्पर्कमै थिए । बिरामी भएपछि भने उनको सम्पर्क टुट्यो । राजधानी रियादस्थित थदिक जनरल अस्पतालको रे´कर्डअनुसार २०१३ अक्टोबर २५ (२०७० कात्तिक ८) मा उनी भर्ना भएको देखिन्छ ।

गम्भी´र प्रकृतिको मेनिन्जाइटिस रोगले उनी कोमामा गए । अस्पतालले भर्ना गर्ने बेला उनको का´नुनी है´सियत नखोजी इमर्जेन्सी सेवा दिएको थियो । भेन्टिलेटरमा लामो समयसम्म राखेर उपचार गरियो । कम्पनी छोडेको कारण उपचारको जि´म्मेवारी कम्पनीले लिएन ।

सबै अस्पतालकै जि८म्मेवारीमा आइपर्‍यो । सात वर्षसम्म अस्पतालले झन्डै ४ करोड रुपैयाँको उपचार गरिदिएको छ । त्यस क्र´ममा दूतावासका अधिकारीहरू उनलाई भेट्न गएका थिए । ‘२०७० मै अस्पतालले बिरामीलाई नेपाल लैजानका लागि पत्राचार गरेको थियो । त्यतिखेर उनको ठेगाना केही खुलेको थिएन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘दूतावासले परिवार पत्ता लगाउने कोसिस गरिरहेको थियो ।’

साउदी सरकारको प्रणालीमा उसको नाम र हस्तलिखित राहदानीको नम्बरमात्रै थियो । त्यसमा उनको जिल्ला खुलेको थिएन । दूतावासले ठेगाना पत्ता लगाउन राहदानी विभाग, म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको थियो । सरकारी निकायबाट परिवारको पहिचान हुन सकेन । परिवारले भने आफ्नै तर्फबाट खोजिरहेको दाइ रुपकले बताए ।

‘एक जना दाइ साउदी नै हुनुहुन्थ्यो, उहाँले आफ्नो हिसाबले खोज्नुभयो, साथीभाइले पनि खोजे,’ उनले भने, ‘आफै सम्पर्कविहीन भएर कतै काम गरिरहेकै होला वा जेलतिर बसेको होला जस्तो पनि लाग्यो । तर पनि बाटो हेरेर बस्यौं ।’

दूतावासका अनुसार परिवारका तर्फबाट प्रकाशको खोजीका लागि लिखित निवेदन आएन । प्रकाश एक वर्षअघि मात्रै को´माबाट फिर्ता भएका हुन् । उनको बोली नआएपछि थप औषधि आवश्यक नरहेको भन्दै अस्पतालले लैजाने प्रबन्ध मिलाउन दूतावासलाई दबाब बढाएको थियो । काठमाडौंस्थित साउदी दूतावासले पनि को´माका बि´रामी ल्याउने वातावरण बनाउन सरकारलाई अनुरोध गरेको थियो । साउदीमा अझै सात जना को´मामा छन् ।

‘प्रकाशको परिवार पहिचान गर्न मैले चार–पाँच सय जनालाई फोन गरेँ,’ दूतावासका कन्सुलर भरत खनालले भने, ‘सबै उपाय नलागेपछि बि´रामीको फोटोसहित सार्वजनिक सूचना प्रकाशन गर्नुपर्‍यो ।

त्यसपछि उनका गाउँका साथीहरू सम्पर्कमा आए । उनीहरूलाई हेर्न पठाएपछि मात्रै निश्चित भयो । अनि परिवारलाई भेट्यौं ।’ उनको घरमा ६८ वर्षीय बुबा, ६५ वर्षीया आमा, ५ दाजुभाइ र दुई बहिनी छन् । साउदीमा कार्यरत गाउँका साथीहरू भेट्न जाँदा अस्पताल प्रशासनले यति लामो समयसम्म किन भेट्न नआएको भन्दै गा´लीसमेत गरेको थियो ।

परिवारले प्रकाशबारे जानकारी पाउनासाथ दूतावासलाई उद्धार गरिदिन कात्तिक २ गते कन्सुलर विभागमा निवेदन लेखेका थिए । दूतावासले अस्पतालबाट दमाम एयरपोर्टसम्म लैजान एम्बुलेन्सको प्रबन्ध गरेको थियो ।

दूतावासको आग्रहमा साउदी अरबस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दमामदेखि काठमाडौं र काठमाडौंदेखि भद्रपुरसम्मको हवाई टिकट, ह्विलचियरको प्रबन्ध गरेको मध्यपूर्वका उपसंयोजक राजेन्द्र जोन अर्यालले बताए ।

प्रकाश घर फर्किएको तीन दिनमै सुधारका संकेत देखिन थालेका छन् । ‘अहिले मान्छे नै अर्कै देखिन्छ, फ्रेस भइसक्यो,’ दाइ रुपकले भने । उनका अनुसार प्रकाशले खाना खान थालेका छन् । हात–खुट्टा चलाउँछन् । अलिअलि बोली पनि आइरहेको छ । जिब्रो बाहिरभित्र गर्न सक्ने अवस्थामा छ ।

‘ओढ्ने आफैले तान्छ, आँखा पनि हेर्न थालेको छ । दिनभर टेलिभिजन हेरेर बस्छ,’ उनले भने, ‘उसका साथीभाइ भेट्न आउँदा खुसी हुन्छ ।’ प्रकाशको स्वास्थ्य अवस्था सुधार भएकाले बुबाआमा पनि दंग छन् । यसपालि दसैंमा उनले बुबाआमाको हातबाट टीकासँगै आशीर्वाद थाप्न पाए । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।


Your Views
Related News