सरकारको बे´इज्जत भएको भन्दै प्रहरी नै खटाएर महानगरले रोक्यो निस्शुल्क खाना अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरेर नि:शुल्क खाना खुवाउने अभियान प्र´तिबन्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइ´ज्जत भएको भन्दै प्रहरी नै खटाएर प्र´तिबन्ध गरेको हो ।

अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आ´श्रममार्फत त्यस्ता मानिसहरुको उ´द्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ । त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँ´ड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अ´भियान महानगरले प्रतिबन्ध लगाएको जनाएको छ ।

महानगरपालिकाका मेयर वि´द्यासुन्दर शाक्यको निर्देशनमा खटिएका प्रहरीहरुले केहि दिन अघिबाट अभियान्ताहरुलाई नि´शुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

सा´र्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बे´इजत हुने म´हानगरको भनाइ छ । को´रोना म´हामारी फैलिएपछि रोजगारी गुमाएर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए ।


Your Views
Related News