एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्रा´उ

अवै´ध का´रोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना प´क्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्‍यु´रो (सीआईबी)को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई प´क्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए । प´क्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए । मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ ।पौडेलचाहिँ मित्तलका सहयोगी हुन् ।

ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आ´शंका गरेको छ ।


Your Views
Related News