काठमाण्डौलाई मागी खानेको शहर भनेर विश्वलाई चिनाउने काम नहोस : मेयर शाक्य

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मा´गी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्र´ह गर्नुभएको छ । खुलामञ्चमा खाना खुवाइ रहेका संस्थालाई रोक लगाएपछि चौ´तर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भो´कै बस्नुपर्ने अवस्था नरहेको पनि दा`वी गर्नुभएको छ ।

‘काठमाण्डाैलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । को´रोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापद´ण्डको सामान्य पनि ख्याल नगरी ज’थाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सां´स्कृतिक शहरका रुपमा परिचित काठमाण्डाै मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भन्नुभएको छ ।

को´रोना म´हामारीका कारण रोजगारी गु´मेर खा´न नपाएका कोही पनि म´हानगरवासी भएमा आफूबसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाण्डाै महानगरपालिका प्रतिव´द्ध रहेको शाक्यले दा´वी गर्नुभएको छ । देशमा लक´डाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्य´कर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाण्डाै महानगर यो मान्यतामा दृ´ढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जा´गृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ शाक्यले भन्नुभएको छ । कोरो ना म´हा´मारीका कारण रोजगारी गु´मेर केही समयका लागि हातमुख जोड्ने स’मस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आ´त्मसम्मान लाई भने यसले आघा´त पुर्याउने कु´राप्रति सचेत हुन मेयर शाक्यको आ´ग्रह छ ।

अहिले काठमाण्डाैका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापद´ण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि ध्यानाकर्षण शाक्यको भनाइ छ ।

‘कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाण्डाै महानगर पालिकाको कुनै वै´रभाव छैन’, शाक्यले भन्नुभएको छ ।

जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिँ´डभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असु’रक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा महानगरपालिकाले आ´ग्रह गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाण्डाै महानगरपालिका तयार रहेको पनि शाक्यको भनाइ छ ।


Your Views
Related News