काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाँदै हुनुहुन्छ ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि सिंगापुर जान लाग्नु भएको हो ।

सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँ स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहुनु हुनेछ । मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनु भएको छ ।


Your Views
Related News