ओलीको सत्ता सं´कट टार्न को कसरी लागे

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटा´उने दशैं अगाडि बनेको तयारीको जानकारी पाएपछि उनी पक्षधरहरु दशैं नभनी सक्रिय भए । ओलीलाई हटा´उन अविश्वासको प्र´स्ताव सम्म आउन सक्ने भएपछि संसदीय दलमा बहुमत सुरक्षित गर्न स´क्रिय भए ।

ओली प´क्षधर नेताहरु मध्ये एउटा समूहले सांसद आफ्नो पक्षमा पार्न स´क्रियता देखाए । यसरी स´क्रिय हुनेहरुमा सचिवालय सदस्य ईश्वर पोखरेल, सांसद महेश बस्नेतलगायत थिए । पोखरेलले सार्वजनिक रुपमा नेकपामा फु´टको खतरा बढेको खुलाए । बस्नेतलाई ओलीलाई कसैले ह´टाउन नसक्ने भन्दै चु´नौती दिए ।

सांसद आफ्नो पक्षमा पार्न एउटा समूह सक्रिय भइरहँदा ओली नि´कटस्थ केही नेताहरु भने विरोधीलाई मिलाउन सक्रिय भइरहे । ओलीको दूत बनेर उनीहरु कहिले खुमलटार त कहिले कोटेश्वर धाइरहे । गत हप्ता प्रचण्डसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अलग अलग भेटेर सहमति बनाउन पहल गरे ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई ओली स्वयंले दुई पटक भेटे । कोटेश्वरमा विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु पनि पटक पटक पुगेर सहमति बनाउन खोजे ।

नेकपाभित्र दु´र्घटना हुन नदिन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भइन् । उनले मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवास बोलाएर छलफल गरिन् । गौतमलाई पार्टी एकता जोगा´उन आग्रह गरिन् ।

यसरी नेकपाभित्र ओलीको सत्ता सं´कटलाई पार्टी एकतासँग जो´डेर उनी पक्षधर नेताहरु सक्रिय भए । दोस्रो तहका नेताहरुको सक्रियताले केही सकारात्मक सं´´केतहरु दिएपनि ओलीले बुधबार चु´नौतीका साथ आफूले कुनै हालतमा राजीनामा नदिने बताए । उनको यो अभिव्यक्तिले फेरि त´रंग आएको छ ।


Your Views
Related News