राजीनामा दिए देश डु´ब्छ भन्ने प्रधानमन्त्री ओलीलाई गगन थापाको क´डा जवाफ…हेर्नुहोस् ।

काठमाडौं : राजीनामा दिए देश डु´ब्छ भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइप्रति नेपाली कांग्रेसका नेता गगन थापाले सटिक टिप्पणी गर्दै त्यसलाई ‘ निर्लज्जता ‘ को उपमा दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिए देश डु´ब्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै थापाले त्यसलाई निर्लज्जताको उपमा दिएका हुन्। बुधवार साँझ ट्वीट गर्दै थापाले को´भिडका कारण आम नागरिक दुख पाइरहेका बेला प्रधानमन्त्री केपी ओली र

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको असं´वेदनशील र विवेकहिन व्यवहार देखाइरहेको समेत बताए । थापाले आम नागरिकको सुखदुखमा खडा हुनुपर्ने प्रधानमन्त्री ओली पार्टीभित्रको जो´डघटाउमा व्यस्त रहने तथा स्वास्थ्यमन्त्री ढकाल उपचारको शुल्क तो´क्नमै मस्त रहेकोमा आपत्ती जनाए ।

सरकार र स्वास्थ्य मन्त्रालयका नेतृ´त्व गर्नेहरुको यस्तै असं´वेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने, उपचार पाउन सक्ने बि´रामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको थापाले बताए। यस्तो बिषम परिस्थितिमा कतै राहतको अनुभुती नपाउँदा

पनि पदमै टासिइरहेका प्रधानमन्त्रीले आफैले आफ्नो बचाउ गर्दै राजीनामा दिए दिए देश डु´ब्छ रे भन्ने अभिव्यक्तिको कहि कतै तादा´त्म्यता नमिलेको थापाले बताए। थापाले ट्वीटमा लेखेका छन् ।

@PM_Nepal पार्टीभित्रको जोडघटाउमा व्यस्त @dhbhanu उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सु´रक्षा नपाएर राजीनामा दिने, उपचार पाउन सक्ने बि´रामी उपचार नपाएर म´र्नुपर्ने अनि अवस्था आएको छ। अझ राजीनामा दिए देश डु´ब्छ रे। निर्लज्जता!


Your Views
Related News