धुम्बाराहीमा प्रचण्ड, माधव नेपाल र झलनाथको दा´बी : ‘पार्टी एक ढि´क्का बनाएर लैजान्छौं’

काठमाडौं, २१ कार्तिक। स´त्तारूढ नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले डा´केको अनौ´पचारिक बैठक सम्पन्न भएको छ । बैठक सकि´एलगत्तै पार्टी कार्यालय परिसरमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले कुनैपनि हालतमा पार्टीलाई फु´ट्न नदिने र एकताब´द्ध बनाउने विश्वास दिलाएका छन् ।

उनले भने,‘म पार्टी कुनै पनि हालतमा फु´ट्न दिन्न, पार्टी एकताको लागि पहल गर्छु ।’ त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले पनि कसैले पनि पार्टी फु´टाउन नसक्ने र आफूहरुको बैठकले पार्टीलाई एक ढिक्का बनाएर लैजाने नि´र्णय गरेको सुनाए ।

त्यस्तै, अर्का वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको सुनाउँदै पार्टी एकताब´द्ध बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीलाई हटा´उन र क´मजोर बनाउनभन्दापनि म पार्टी बलियो बनाउने पक्षमा छु । म कुनै पनि गु´टमा छैन, म पार्टी बचाउने गुटमा छु ।”


Your Views
Related News