ओली-प्रचण्ड वार कि पारको लडा´ईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने

काठमाडौं, २५ असोज । कुनै चमत्कार भएमा मात्र नेपाल क´म्युनिस्ट पार्टी फुटबाट जोगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अ´डानबाट टसमस नभएपछि नेकपा फु´टको नजिक पुगेको हो ।

सचिवालय बैठक डा´क्न दुई दिनको लि´खित अ´ल्टिमेटम दिएपनि अध्यक्ष ओलीले अस्वी´कार गरेपछि धु´म्बाराहीमा पाँचजना सचिवालय सदस्यको बैठक तय भएको छ । यसलाई सचिवालय बैठककै रुपमा लिएर गम्भीर नि´र्णयहरु लिने तयारी भएको छ ।

ओलीले सरकार सञ्चालनमा ए´कलौटी गरेको प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको तर्क रहेको छ । तर, ओलीले सरकार प्रधानमन्त्रीले चलाउने भन्दै ह´स्तक्षेप नगर्न चे´तावनी दिदै आएका छन् । विगतको सहमति का´र्यान्वयन नभएको प्र´चण्ड र ने´पालसहितका नेताहरुको भ´नाई छ ।

ने´कपाभित्र ओलीको आफ्नै अ´डान छ । उनले आफ्ना नि´कटस्थमार्फत् सा´र्वजनिक रुपमै पार्टी फुटको नजिक रहेको सं´केत गरेका छन् । ओलीका विश्वासपात्र मानिएका इश्वर पोखरेल र विष्णु पौडेलले पा´र्टी फुटको खतरा औल्याइसकेका छन् । ओलीले पनि प्रचण्डलाई आ-आफ्नो बाटो लागौ भनेको विषय बाहिर आयो । यसरी ओली र उनीइतर समूहको फरक तयारी स्पष्ट भइसकेको छ ।

ओलीले कुनै हालतमा प्रधानमन्त्री पद नत्याग्ने सार्वजनिक रुपमा बताइसकेका छन् । उनीमाथि पद त्यागको दबाब बढेको छ । अविश्वासको प्रस्ताव देखि पार्टी कमिटीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने योजना बनेको छ । त्यही बुझेर ओली पार्टी बैठक टार्दै आएका छन् । बरु उनले आफूवि´रुद्धको घे´राबन्दी तो´ड्न कहिले प्र´चण्ड त कहिले माधव नेपाललाई फकाउन खोजेका छन् । वा´मदेव गौतमलाई फकाउन राष्ट्रपति विद्या भण्डारीले समेत पहल गरेको खुलेको छ । विष्णु पौडेल वामदेवलाई भेट्न जाँदा उल्टै समय लिएर मात्र आउन भनी ह´प्की पाएका थिए । पौडेल खुमलटार र कोटेश्वर धाउँदै आएका छन् । तर, यसपटक ओलीको अस्त्रबाट तितरवितर नहुने विरो´धी मोर्चाको छाँ´टकाँट छ ।

अवस्था यस्तो भइसकेको छ कि नेकपा तिहार लगत्तै कुनै गम्भीर दुर्घटनामा पर्न सक्छ । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपालले कुनै व्यक्तिको ल´हडमा पार्टी न´फुट्ने बताइसकेका छन् । उनी मध्यमार्गी मार्गबाट पार्टी एक बनाएर जाने पक्षमा छन् । नेपाललाई प्रधानमन्त्री बन्ने मौका पनि आएको छ । ओली र प्रचण्डबीचको ट´करावमा नेपाल शक्तिशाली मात्र भएका छैनन् प्रधानमन्त्री उनको मुखमा आइरहेको विश्लेषण भइरहेको छ ।

प्रचण्ड कुनै हालतमा ओलीसँग मिल्ने पक्षमा छैनन् । यसले दुई ने´ताबीच वार पारको अवस्था बनेको छ । आफू हट्नु´परेमा ओलीले पार्टी विभाजन सम्मको तयारी गरेको खुलिसकेको छ । उनले विगतमा पनि पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीति दलसम्बन्धी अध्यादेश ल्याएका थिए । ओली निकटस्थले उदाइरहेको सूर्य चिन्ह लिएर नेकपा एमाले पार्टी दर्ता समेत गरेका छन् । यसलाई गम्भीर दुर्घटनाको खतराका रुपमा लिइएको छ । नेकपाभित्र वि´गतमा सं´कट टरेको मात्र थियो समाप्त भएको थियो । दशैंयता यो सं´कट गहिरिदै गएको छ ।

नेकपाभित्र सं´कट टार्न विभिन्न विकल्पबारे छलफल भइरहेको छ । दोस्रो पुस्तालाई नेतृ´त्व हस्तान्तरणको विषय नउठेको होइन । तर, यसलाई ओलीको अस्त्र मात्र भनिएको छ । विगतमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले सारेका थिए । तर, गौतम मन्त्री समेत बन्न पाएनन् । उमेर हद राखिएको नेकपा एमाले माओवा´दीसँग मिल्दा त्यो ह´टाइएको थियो ।

उमेर चढेपछि पार्टी विधानसमेत परिवर्तन गर्ने नेकपाका ७० कटेका र आसपासमा पुगेका नेताहरुले सजिलै दोस्रो पुस्तालाई सत्ता हस्तान्तरण गर्ने स´म्भावना क्षीण छ । यसले नेकपालाई गम्भीर दु´र्घटनातर्फ बढाउँदैछ । यसलाई टार्न मध्यमार्गी र दोस्रो पुस्ताका नेताहरु अन्तिम प्रयासमा छन् । तर, उनीहरुको पनि आफ्नै राजनीतिक भविष्य सु´रक्षा गर्ने दाउ छ । यसबीच कतिपय नेताहरु गुट परिवर्तनमा लागे । कतिपय यता न उता लाग्दा कमजोर बनेका छन् ।


Your Views
Related News